उपेन्द्र यादव पनि अब एमालेकै लाइनमा, भन्छन- दुई चरणको निर्वाचन गलत मात्रै होईन यो अत्यन्तै गलत (भिडियोसहित)
काठमाडौं, १४ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताएका छन् ।
उनले भने,‘सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाईएको हो, यसलाई पारित गर्नुपर्छ, यही बैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भिडियो :


