वैशाख ३० गतेभित्र परिचयपत्र लिन आह्वान

रसुवा, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि वैशाख २८ गते बिहान ७ बजेदेखि ३० गते साँझ ७:३० बजेसम्म वितरण गरिने भएकाले आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण रसुवाली मतदातालाई आह्वान गरिएको हो ।

मतदाता परिचयपत्र आआफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिने निर्वाचन अधिकारी खालिङले बताउनुभयो । उहाँका अनुसार मतदान हुने दिन परिचयपत्र वितरण हुने छैन । मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖