नेकपा एमालेबाट काठमाडौँको मेयरमा विद्यासुन्दर शाक्य, को–हुन् विद्यासुन्दर ?

काठमाडौ । नेकपा एमालेले आगामी स्थानीय निकायको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा विद्या सुन्दर शाक्यलाई उठाउने भएको छ । शाक्य एमालेको काठामाडौं जिल्ला कमिटिका सचिब हुनुहुन्छ ।

काठमाडौं महानगर पालिकाको वडा नं. २१ को २ पटक वडाअध्यक्षको जिम्मेवारी पुरा गरि सकेका छन ।

विद्यासुन्दर को–हुन् ?

नेकपा (एमालें) का तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा प्रस्तुत भएका विद्यासुन्दर शाक्य काठमाडौँकै लगनटोलमा जन्मिएका हुन् । । विं.सं. २०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरको विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पूरा गरेका हुन् । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य विद्यालय तहदेखि नै राजनीतिमा सम्लग्न रहेका थिए ।

काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किएका शाक्य ०३७ सालको जनमत संग्रहका बेला भर्खर १६ वर्षका थिए । तर, १६ वर्षको कलिलो जवानीमा पनि उनको राजनीतिक चेतना भने निकै उर्भर बनेको थियो । उनले त्यसैबेलादेखि नै आफ्नो सम्पूर्ण ध्यये राजनीतिमा लगाएका थिए ।

०४६ सालको प्रजातन्त्रप्राप्तिको आन्दोलनमा त उनले अझ सक्रिय भूमिका खेलेका थिए । त्यो आन्दोलनका क्रममा निर्भीकता पूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा परेका शाक्य आफ्नो विचारबाट तिलको दाना जति पनि दायाँ–बायाँ भएनन् ।

प्रजातन्त्रप्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हालेका शाक्यले त्यसैबेला पनि आफ्नो जिम्मेवारीलाई कुशल ढंगले पूरा गरेका थिए । काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उल्यख्य रहेको थियो ।

उनले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दा गरेको कामको मूल्याङ्कन गर्दै पार्टीले ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा उनलाई काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्यो । कुशल संगठनका रुपमा आफुलाई उभयाउन सफल शाक्यलाई त्यसबेला निर्वाचन जित्न कुनै समस्या भएन । उनका प्रतिस्पर्धीहरु फिका भए । उनले शानदारका साथ आफ्नो वडाबाट सूर्य अंकित झण्डालाई फहर्याउन सफल भए ।

पहिलो पटक जनप्रतिनिधिका रुपमा निर्वाचति शाक्यले आफ्नो पहिलो कार्यकालमा उक्त वडामा उदाहरणीय काम गरे । एमाले मात्र होइन अन्य राजनीतिक दलका लागि पनि ‘आँखाको रातीगेडी’ जस्तै बनेका शाक्यसँग उक्त वडामा प्रतिस्पर्धा गर्नेहरुको कध होचो भएको प्रमाणित उनले ०५४ सालमा भएको स्थानीय निर्वाचनमा प्रमाणित नै गरेर देखाए ।

उनको पहिलो कार्यकालको मूल्याङ्कन गर्दै दोस्रो कार्यकालमा पनि काठमाडौँ वडा २१ का मतदाताले उनलाई नै अध्यक्षमा विजयी बनाएर पठाए । त्यसपछि त अझ उनले आफ्नो सम्पूर्ण समय नै राजनीतिमा समर्पित गरे । आफ्नो अडानमा रौँ बराबर पनि पछि नहट्ने शाक्य करिब दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । मृदुभाषी र कुशल संगठकका रुपमा आफ्नो छुट्ै परिचय बनाउन सफल शाक्य अहिले पनि एमाले काठमाडौँ जिल्ला कमिटीको सचिवको हैसियतमा छन् ।

राजनीतिमा लागेर अहिलेसम्म कुनै पनि विवादमा नमुछिनु भएका शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको निधन भैसकेको छ । हाल लगनटोलमै पत्नी सुचिता शाक्यसहितसँग बस्दै आएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसकेका छन् । सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले मेयरका रुपमा प्रस्तुत भएका शाक्यले आफ्नो कार्यकालमा भनिने महानगर होइन देखिने महानगर बनाउँने प्रतिवद्धता व्यक्त गरे । – रातो सूर्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।