काठमाडौं महानगरपालिकाको मेयरका लागि चण्डी, जोगी, रेस्लर सम्मका उम्मेदवार !

काठमाडौं | काठमाडौं महानगरपालिकाको मेयरका लागि थरीथरीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । भावी मेयरका लागि उम्मेदवारी दर्ता गराउनेमा चण्डी माता देखि रेस्लर हिमालय टाइगरसम्म छन् ।

महानगरपालिकको आसन्न निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नं. ६ की ज्ञानुमायाँ तामाङ उर्फ ज्वालादेवी चण्डीमाताले मंगलवार मनोनयन दर्ता गराएकी छिन् । उर्मिला मानन्धर प्रस्ताव र पूर्णदेवी मानन्धरको समर्थनमा उनले उम्मेदवारी दिएकी हुन् । मंगलवार निर्वाचन कार्यालय पुगेर उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको मेयरमा एक बलिष्ट रेस्ट्लरले पनि उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ३ का भरतबहादुर विसुराल उर्फ हिमालय टाइगरले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

सुसान्त श्रेष्ठ ‘नरदेवी’को प्रस्ताव र रविन्द्र प्रजापतिको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । अघिल्लो संविधानसभा चुनाव २०७० मा काठमाडौं क्षेत्र नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका उनले यसपटक पनि उम्मेदवारी दिएका हुन् । यसअघि २०४८ सालको चुनावमा उनी ४ क्षेत्रबाट उम्मेदवार उठेका थिए ।

त्यस्तै, काठमाडौं महानगरपालिकाकै मेयरमा ६९ वर्षीय विनोदकुमार क्षेत्रीले पनि उम्मेदवारी दिएका छन् । जोगीसमेत रहेका उनले मंगलवार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका थिए । उनले पनि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसपटकको काठमाडौं महानगरपालिकाको निर्वाचनमा विवेकशिल नेपालीका तर्फबाट सबैभन्दा कान्छी उम्मेदवार रञ्जु दर्शना र झण्डै ३ दशक प्रशासन सेवामा विताएका किशोर थापासम्मले उम्मेदवारी दिएका छन् । – लोकान्तरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।