सुनको भाउ घट्यो
बैशाख २० । नेपाली वजारमा सुनको भाउ आज तोलामा एक सय रुपैयां सस्तो भएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन एक सय सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ तोलाको ५४ हजार ३ सय रुपैयां छ ।
अघिल्लो दिन सुनको भाउ तोलाको ५४ हजार ४ सय रुपैयां थियो ।
यस्तै, चादीको भाउ पनि आज घटेको छ । आज चांदी तोलाको ७ सय ५५ रुपैयांमा कारोवार भइरहेको छ ।


