प्रधानन्यायाधीश सुशीला कार्की माथि लागेको महाअभियोग फिर्ता लिने बारे सरकार सकरात्मक

काठमाडौं, बैशाख २१ । प्रधानन्यायाधीश सुशीला कार्कीलाई माथि लागेको महाअभियोग फिर्ता लिने विषयमा सरकार सकारात्मक वनेको ईमेजखबरमा समाचार छ ।

आज(बिहीबार) विहान सिंहदरवारस्थित सभामुखको कक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीवीच भएको छलफलमा प्रधानमन्त्री सकारात्मक देखिएका हुन् ।

भेटवार्तामा भेटमा संविधान संशोधन र आगामी बजेट लगायतका विषयमा पनि छलफल भएको थियो ।

यसैगरि संविधान संशोधनमा एमाले लगायत प्रतिपक्षीले दलले पनि समर्थन जनाउनुपर्ने र दोस्रो चरणको चुनावको वातावरण बनाउनुपर्ने सत्तापक्षको आग्रह गरेपनि एमालेले यसलाई अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई संविधान संशोधन प्रस्तावमा समर्थन गर्न र दोस्रो चरणको चुनावका लागि सहज वातावरण बनाउन आग्रह गरेका थिए ।

आगामी आर्थिक वर्षका लागि जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।

तर, दोस्रो चरणको चुनावको मिति जेठ ३१ का लागि तय गरिएकोमा एमालेले चुनावअघि बजेट ल्याउन नपाइने अडान राखेको छ ।

वजेट पहिलै ल्याउने भन्नेवारे अन्य दलहरुसंग छलफल गरि टुङ्गोमा पुग्ने छलफलपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।