नेकपा एमाले उम्मेदवारलाई राष्ट्रकविको आशीर्वाद महानायक हमालको साथ

काठमाडौं । नेकपा (एमाले) का काठमाडौँ महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमाललाई नेपाली चलचित्र जगतका महानायक राजेश हमालको साथ र महाकवि माघव घिमिरेको आशीर्वाद रहेको छ ।

२६ नम्बर वडाको मतदाता रहनुभएका महानयक हमला आज बिहान एमालेका उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा सँगसँगै देखिनुभएको छ । हमालले आफ्नो वडामा भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवारलाई साथ दिँदै केहीबेर घरदैला अभियानमा सहभागी हुनुभएको हो । उहाँले घरदैलो कार्यक्रममा सबै टोलबासीलाई हात हल्लाउँदै भोट मागेको देखिएको छ ।

त्यसैगरी, एमालेका उम्मेदवार रिमाल महाकवि घिमिरेको घरमै पुगेर आशीर्वाद माग्नुभएको छ । रिमाललाई ुराम्रो गर्नु, मेरो आशीर्वाद छ, भोट पक्काु भन्नुभएको उम्मेदवार रिमालले जानकारी दिनुभएको छ । – रातो सूर्य ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖