सपनामा देखिएको भैरव मुर्ति विपनामा यसरी फेला पारेपछि… (हेर्नुहोस् भिडियो सहित)

सपनालाई विपनामा परिणत गर्ने भाषण धेरै हुन्छ, तर सपनामा देखिएको विषय विपनामा परिणत नहुन पनि सक्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा सपनामा देखिएको तथ्य शनिवार विपनामा परिणत भएको छ ।

फैटोका गणेश मन्दिरका पुजारी शंकर श्रेष्ठ गत सोमबार मन्दिरमै सुतेका थिए । ‘मंगलवार विहान पौने १ बजे सपना देखे । उठेर सपनामा देखिएको ठाउँमा पुगेर त्यहाँको माटो उठाए । फेरि मन्दिरमै गएर सुते । विहान उठदा ६.३० बजिसकेको रहेछ’, पुजारी शंकर श्रेष्ठले भन्नुभयो,‘मैले यस्तो सपना देखेको कुरा गाउँमा बताए। तर, कसैले पत्याएनन् । मैले सपनामा जस्तो दखेको थिए, त्यस्तै मूर्ति भेटियो।’ शंकरले शनिवार बिहान ओसीआरसीको आँगनमा पर्ने वारीमा आएर पूजा गर्न थाल्नुभयो ।

पूजा गरेर उहाँले मूर्तिको खोज्ने भन्दै खन्न थाल्नुभयो । वरिपरिका छिमेकीलाई पनि उहाँले त्यहाँ मूर्ति भेटिएला भन्ने लागेको थिएन। उहाँले शनिवार बिहानभरी खन्दा नभेटिएपछि खाना खाएर आएर पुन खन्न थाल्नुभयो । खन्दै जाँदा जहाँनेर पूजा गरिएको थियो, त्यहिनेर मूर्ति भेटिएको हो । मूर्ति भेटिएपछि वरिपरिका छिमेकीहरुको त्यहाँ भिड नै लाग्यो ।

छिमेकी प्रकाशबहादुर खड्का अनुसार केही दिन शनिवार भैरवको मूर्ति भेटिएको ठाउँमा मध्यरातमा टपरी आकारमा वत्ती बलेको देखिएको थियो। ‘बत्ती बलेको ठाउँमा राति नै गएर हेर्दा केही पनि देखिएन,’उहाँले भन्नुभयो । त्यही ठाउँमा शनिवार भैरवको मूर्ति भेटिएको हो । मूर्ति भेटिएको जग्गा पहिले शंकरकै पिताको घर थियो । त्यो घरको भग्नावशेष अहिले पनि देखिन्छ । शंकरका पिता ८१ वर्षको हुनुहुन्छ । पिताले पनि आफूलाई केही नभनेको शंकरले बताउनुभयो । त्यो जग्गा उहाँका पिताले पाँच वर्ष अघि नै अरुलाई नै बेचिसक्नु भएको छ ।

छिमेकी शान्ति खड्काका अनुसार गणेशमन्दिरबाट हराएको मूर्ति नै त्यहाँ फेला परेको हो । ‘गणेशमन्दिरबाट पहिले नै भैरवको मूर्ति हरायो भन्ने सुनेका थियौ,सायद त्यही मूर्ति यहाँ फेला परेको हुन सक्छ,’ उहाँले भन्नुभयो । शंकरका अनुसार पिताले ढोकाको दाँयाबायाँ भैरवको मूर्ति राखेको सुनिएको थियो। ‘तर पछि त्यो मूर्ति कता पुग्यो, कसैले खोजी गरेनन्,’शंकरले भन्नुभयो । – हेर्नुहोस् भिडियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।