रुष्ट भई राजीनामा नै दिएका विमलेन्द्र निधि फेरि पनि तेस्रो बरियतामा तल परे
काठमाण्डौ, बैशाख २६ । तेस्रो बरियतामा राखिएपछि रुष्ट भई राजीनामा नै दिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फेरि पनि बरियतामा तल परेका छन् ।

कमल थापालाई प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिँदा रुस्ट बनेर राजीनामा दिएका निधि बिजयकुमार गच्छदार सरकारमा आएपछि फेरि तेस्रोमा झरेका हुन् ।
मन्त्रिपरिषदको आधिकारिक वेबसाइटमा उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सोमवार मात्रै सरकामा आएका विजयकुमार गच्छदारलाई प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिएको छ ।
सरकारले गच्छदारलाई कमल थापाकै ठाउँमा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिनुका साथै बरियतामा पनि निधिभन्दा माथि राखिएको हो । गच्छदारलाई दोस्रो बरियाता दिएपछि निधि तेस्रो वरियतामा झरेका हुन् ।


