मुलुकमा चुनाबी माहौल चलिरहदा जनताले दु:ख पाएको यस्तो भिडियो सार्बजनिक (हेर्नुहोस् भिडियोसहित)
देशमा चुनाब लागेको छ, देशका नेताहरु जनता संग भोट माग्न घर-घर हात जोड्दै जान थालिसकेका छन् । तर जति जनताले बिस्वास गरेर भोट हाल्छन त्यति नै जनताहरु अन्याय र अत्याचारमा परिरहेका हुन्छन । चिल्लो गाडि चड्ने र महल ठड्याउने खालको बिकाश भन्दा खासै केहि हुने गरेको छैन । यस्तै भाब सहितको नेपालि लोक गीतको भिडियो भर्खरै सार्बजनिक भएको छ ।
प्रियशी म्युजिक प्रालिको प्रस्तुति तथा राजेन्द्र पुरी र बबिता पुरीको बजार व्यवस्थापनमा रहेको “अन्याय धेरै” बोलको गीत युटुब मार्फत सार्बजनिक भएको हो । जनताले देशमा दुख पाईरहेका छन्, कानुन भए पनि कानुनको अनुभब गर्न पाएका छैनन् जस्ता नेपालको समसामयक परिस्थितिलाई माधब रोक्का मगर र भुपेन्द्र घर्ति मगरले टपक्क टिपेर सब्द संकलन गरेका छन् भने गीतमा ओमिता बिशिले संगीत भरेका छन् ।
गीतमा भुपेन्द्र घर्ति मगर र ओमिता बिशिको स्वर रहेको छ भने भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । सागर गौतमको छायांकन रहेको सो भिडियोमा लोक गीतमा कुनै बेला निकै ब्यस्त मोडल आशा खड्कालाई देख्न सकिन्छा भने आशालाई निर्देशक काजिशले नै अभिनयमा सघाएका छन् । प्रियशी म्युजिक प्रालिको युटुब च्यानल बाट सार्बजनिक गीतलाई सम्पादन भने अविनाश डिशिले गरेका छन् ।
हेर्नुस भिडियो यस्तो छ :


