काठमाडौं महानगरको मेयर जितेपछि बिध्यासुन्दर शाक्यले गरे यस्तो घोषणा (हेर्नुहोस भिडियोसहित)

काठमाडौं, १४ जेठ । काठमाडौं महानगरपालिको मेयरमा बिजय हासिल गरेसागै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूलाई जिताउने मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । मेयरमा निर्वाचित भएसँगै एक विज्ञप्तिमार्फत धन्यवाद ज्ञापनगर्दै उनले भनेका छन्, ‘ आज राष्ट्रिय सभागृहमा झण्डै १४ दिन लगाएर गरिएको मतगणनाको अन्तिम परिणामसँगै मलाई फराकिलो क्षेत्र र लाखौं जनताको मायाले माथिल्लो जिम्मेवारी प्राप्त भएको छ । यो जिम्मेवारी प्राप्त गर्ने अवसर दिनुहुने सबै मतदातालाई म सबै भन्दा पहिला हार्दिक धन्यवाद ज्ञापन गर्दछु । काठमाडौं महानगरपालिाको मेयरजस्तो गरिमामय पदमा योग्य ठान्ने मेरो प्यारो पार्टी नेकपा एमाले, पार्टी कार्यकर्ता, शुभचिन्तक एवं सबै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा पनि म कृतज्ञता ज्ञापन गर्दछु ।’

सबैसँग सहकार्य गर्ने प्रतिक्रिया
यसैबीच शाक्यले काठमाडौंको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् ।निर्वाचन परिणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै शाक्यले सुन्दर, सम्बृद्ध, सुरक्षित काठमाडौं बनाउने आफूहरुको लक्ष्य रहेको बताए ।

उनले मलाई जुन आशा, विश्वास र भरोसाका साथ मतदाताले मेयरमा निर्वाचित गराएका छन्, त्यो जिम्मेवारी पूरा गर्न इमान्दारिताका साथ लागिपर्ने प्रतिबद्धता समेत जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।