विदेशबाट फर्किएकी गुल्मीकी एक महिला एमालेका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार
(तम्घास) गुल्मी, १७ जेठ । वैदेशिक रोजगारका लागि विदेश गएकी गुल्मीकी एक महिला स्वदेश फर्किएपछि गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।
गुल्मी इस्मा गाउँपालिका–१ हस्तिचौरकी ३६ वर्षीया विमला खत्री नेकपा (एमाले)का तर्फबाट ईस्मा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बन्नुभएको हो ।
दुई वर्षअघि साइप्रस पुगेकी विमला नेपालमा स्थानीय तहको चुनाव घोषणापछि उम्मेदवार दिनका लागि महिनाअघि स्वदेश फर्किनुभएको थियो ।
स्वदेश फर्किएसँगै नेकपा (एमाले) जिल्ला कमिटी गुल्मीले विमलालाई सर्वसम्मत इस्मा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
विमलाले गाउँको विकास र महिलाका हक र अधिकारका लागि आफूले उम्मेदवारी दिएको भन्दै मत माग्न थाल्नुभएको छ । रासस


