साउदी अरबको जुवेलमा ग्याँस चुहिंदा २ जना नेपालीको मृत्यु

साउदी अरब, असार ७ । साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ । साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासका अनुसार वस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो । दुवै जनालाई कम्पनीका ‘सेफ्टी अफिसर’ले बेहोस अवस्थामा फेला पारेका थिए ।

‘कम्पनीमा चुहिएको ग्याँसलाई नष्ट गर्दा सुरक्षित कोठामा बस्नुपर्थ्यो । त्यसो नगरी गाडी भित्रै एसी लगाएर सुत्नुभएछ,’ कम्पनीमा कार्यरत एक नेपालीले भने, ‘विपरीत दिशाबाट आएको हावा उहाँहरु सुतेकौ तिर आएछ । एसीले त्यही बिषाक्त हावा लिदा उहाँहरु बित्नुभयो ।’ दुवै जना उक्त कम्पनीमा चालक थिए ।

बिहानको तीन बजे सेफ्टी अफिसर फर्किदा दुवैलाई गाडी बाहिर बेहोस अवस्थामा फेला पारेका थिए । इदको बिदा परेकाले कम्पनीले नेपाली दूतावासलाई घटना विवरणबारे विस्तृतरुपमा जानकारी गराएको छैन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।