एमाले केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै अध्यक्ष ओली
११ असार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोगका कारण निधन भएको छ । सांसद् लिम्बूको शनिबार राति धरानमा निधन भएको हो ।

उनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिनुका साथै शोकसन्तप्त परिवारजनलाई समवेदना प्रकट गरेका छन् । दिवंगत लिम्बूको आइतबार नै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । श्रद्धाञ्जलि दिने क्रममा अध्यक्ष ओलीः


