लोडसेडिङ हटाएर लोकप्रिय बनेका गृहमन्त्री ‘जनार्दन शर्मा’ फेरि लोकप्रिय बन्दै

काठमाण्डौ, ११ असार । उपत्यकाबाट सुरुवात गर्दै देशका विभिन्न जिल्लामा लोडसेडिङ हटाएर लोकप्रिय बनेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ऊर्जामन्त्रीको नाम हो, ‘जनार्दन शर्मा’ ।

लोडसेडिङ हटाउँदै प्रचण्ड सरकार र आफ्नो राजनीतिक ‘हाइट’ बढाएका उनै शर्मालाई माओवादी केन्द्रको कार्यालय समिति बैठकले गृहमन्त्रीमा सिफारिस गर्दै गर्दा कसैले पनि विरोध गर्न सकेनन् । त्यसो त त्यसअघिदेखि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई गृहमन्त्री बनाउनुपर्ने तर्कले सामाजिक सञ्जाल ताति नै सकेको थियो ।

लोडसेडिङका कारण अन्धकारयुक्त मुलुकलाई उज्यालोतर्फ डो¥याउन सफल भएपछि जनार्दनप्रति जनताको ठूलो अपेक्षा छ । जनतालाई प्रत्यक्ष रुपमा अनूभुति र फाइदा हुने काम प्राथमिकताका साथ अघि बढाउने उनै मन्त्री शर्माले गृहमन्त्रालयबाट के गर्लान अर्को लोकप्रिय काम? अहिले जनचासो यसैमा केन्द्रित छ ।

गृहमन्त्रीको रुपमा पदभार ग्रहण गर्दै गर्दा तपाईको कार्ययोजना के छ भनेर सञ्चारकर्मीले सोधिएको प्रश्नमा पनि उनले खुलेर जवाफ दिएनन् । र यत्ति भने, ‘म गृहकार्यमा छु, सिपाहीको समेत सुझाव लिएर प्रहरी संगठनलाई दरो बनाउँछु, बाँकी कुरा कार्ययोजनापछि भनौँला’

त्यसको केही दिनभित्रै शर्माले उपत्यकाबाट व्याप्त जाम हटाउने विषयमा छलफल थाले । सडक नै अस्तव्यस्त हुने गरी दैनिक रुपमा हुने जामका कारण सवारीचालक आजित छन् । र उनीहरुका लागि लोडसेडिङपछि हटाउनुपर्ने विषय जाम नै हो । के यो सम्भव छ ? सम्बद्ध निकायसँग मन्त्री छलफल गरेको केही दिनमा हामीले मन्त्री शर्मालाई सोध्यौ? र जवाफ आइहाल्यो, ‘हामी गृहकार्यमा छौँ, पछि भनौँला’

उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई बिस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले छलफलका क्रममा भनेका छन्, ‘सडकसँगै जोडिएका पेट्रोल पम्प विस्थापनका लागि सुचना निकालौं, सार्क सम्मेलन हुँदा निलो जस्ताले बेरेर फोहोर छेक्ने जस्तो प्रवृत्तिको अन्त्य गर्न हामी लागौं ।’

सरोकारवाला निकायहरुको छलफलका क्रममा मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वर पौडेलको संयोजकत्वमा कमिटी बनाएर उपत्यकाको ट्राफिक ब्यवस्थापनमा लाग्न निर्देशन दिएका छन् ।

तर उपत्यकाबाट जाम हट्लान या नहट्लान त्यो भने हेर्न बाँकी नै छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।