यस्तो देखियो पाख्रीबासमा एमालेको चुनावी रौनक (भिडियो सहित)
धनकुटा खबर,११ असार । दोश्रो चरणको निर्वाचनको लागि मौन समय सुरु अब केही समय मात्रै बाँकी रहेको बेला विभिन्न पार्टीहरुले आफुलाई जिताउन घरदैलो अभियानको अन्तिम चरणसंगै जनताको घरदैलोमा पुगेर भोटको लागि अपिल गरिरहेका छन् ।

यसै क्रममा आज नेकपा एमाले पाख्रिवास नगर कमिटिले मेयर,उपमेयरका उम्मेदवार क्रमश: बृख बहादुर राई,देवकला तिमल्सिना सहित वडा न. ४ का वडा अध्यक्षका उम्मेदवार सोवित निरौला लगायतले पख्रीवास वजारमा घरदैलो कार्यक्रम गरेको छ । सदस्यका उम्मेदवारद्वय डागमकुमार राई र अर्जुन गुरुङ्ग, दलित महिला सदस्य उम्मेदवार शान्ति दर्जी, महिला सदस्य उम्मेदवार कृष्णमाया खड्का लगायत पार्टीका नेता तथा कार्यकर्ता सहितले नपाको मुख्य केन्द्र पाख्रिबास बजार क्षेत्रमा घरदैलो कार्यक्रम गरि आफुहरुलाई मतदान गरि विजयी गराउन वजारवासीसँग आग्रह गरेका छन् ।


