सबै दल बराबर एक्लै एमाले : प्रदेश नम्बर १ मा एमाले पहिलो शक्ति, यस्तो छ विभिन्न जिल्लाको अवस्था…
एमाले एक्लै ६३ : कांग्रेस–माओवादी सहित चारदल पनि ६३ एमाले ६ स्थान र कांग्रेस ४ स्थानमा अघि...
मतपरिणाम अन्त्यतिर पुग्दा प्रदेश नम्बर १ मा एमाले पहिलो शक्ति बनेकोमा कुनै विवाद रहेन, यो समाचार तयार पार्दासम्म सबै दल बराबर एमाले देखिएको छ ।
प्रदेश नम्बर १ मा १० स्थानको मत परिणाम आउन बाँकी रहदाँको दलीय अंकगणित यस्तो रहेको छ । सो प्रदेशको मत परिणम हेर्न हो भने एमाले भर्सेस संसदकै ठूलो दल कांग्रेस, तेस्रो दल माओवादी, चौथो दल राप्रपा र अन्य स्वतन्त्र उम्मेदवारको हैसियत बराबर देखिएको छ ।
१३६ तह रहेको सो प्रदेशमा हालसम्म एमालेले ६३ स्थानमा विजयी भएको छ । त्यस्तै कांग्रेस ४७, माओवादी ८, राप्रपा ३ र अन्य स्वतन्त्र उम्मेद्वारले ५ स्थानमा विजयी हाँसिल गरेका छन् ।
तीन दल सहित स्वतन्त्र उम्मेदवारको स्थान जोड्ने हो भने एमाले बराबर अर्थात ६३ स्थानै पुग्छ । हाल एमालेले ६ स्थान र कांग्रेसले ४ स्थानमा अग्रता लिइरहेकोले एमालेले सो संख्या बढाउन सक्छ ।
यस्तो छ, जिल्लाको अवस्था
धनकुटा– सातवटै स्थानीय तहमा एमालेले क्लिन स्वीप गरेर कांग्रेस र माओवादी दुवैले निल खाएका जिल्ला हो धनकुटा ।
तेह्रथुम– ६ स्थानीय तह भएको तेह्रथुममा माअेवादी शुन्य भयो । कांग्रेस पनि एक स्थानमात्रै जितेर निल हुन जोगिएको जिल्ला हो । एमाले ५ स्थानीय तहमा विजयी भयो ।
इलाम– दशवटा स्थानी तह रहेको ईलाममा सवै नतिजा आइसक्दा माओवादी शून्य छ । यो जिल्लामा एमालेले ७ स्थानीय तहमा आफ्नो वर्चश्व कायम राख्यो । काँग्रेसले बाँकी तीन स्थान विजयी हाँसिल गर्यो ।
भोजपुर– ९ स्थानीय तहमध्ये एमालेले र कांग्रेसले ४–४ स्थानमा विजयी बनेका छन् । त्यस्तै माओवादी केन्द«का उम्मेदवारले १ स्थानमा विजयी भएको छ ।
सुनसरी– सुनसरीमा १२ स्थानीय तहमध्ये कागें्रस अगाडि रहेको छ । कांग्रेसले ६ स्थानीय तह जितेर विजयी बनेको हो । एमाले ३ स्थानीय तहमा विजयी भएको छ भने फोरम लोकतान्त्रिकले २ स्थानीय तहमा विजयी बनेको छ ।
झापा– झापामा १५ स्थानीय तहमध्ये एमालेले ८ स्थानीय तह जितेर अग्र स्थानमा छ । कांग्रसले ५ स्थानीय तह जितेर विजयी भएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ वटा स्थानीय तह जितेको छ ।
मोरङ– १७ स्थानीय तहमध्ये कांग्रेस ९ स्थानीय तहमा विजयी बनेको छ भने एमाले ६ स्थानमा विजयी बनेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र प्राटि र नयाँ शक्ति संघिय समाजवादी फोरमका उम्देवार १ / १ स्थानमा विजयी भएका छन् ।
ताप्लेजुङ– ताप्लेजुङमा एमाले पहिलो शक्ति बन्यो । ९ स्थानीय तहमध्ये एमालेले ५ स्थानीय तहमा जित दर्ता गर्दै पहिला शक्ति बनेको हो । बाँकी चार स्थानमा कांग्रेसले जित्यो । माओवादी सो जिल्लाबाट पत्तासाफ भयो ।
संखुवासभा– १० स्थानीय तह भएको संखुवासथामा एमाले–कांग्रेसले ५/५ स्थानमा विजयी हाँसिल गरेका छन् । माओवादी शून्य भयो ।
खोटाङ– १० स्थानीय तहमा एमाले ५ स्थानमा विजयी भएको छ । कांग्रेस ४ स्थानमा अग्रता छ र माओवादीले १ स्थानमा जितेको छ ।
सोलुखुम्बु– ८ स्थानीय तहमध्ये एमालेले ४ स्थानीय तह जिती अग्रता पाएको छ । माओवादी ३ स्थानमा विजयी बनेको छ ।
उदयपुर– ८ स्थानीय तहमध्ये एमालेले ४ स्थानीय तहमा विजयी बनेको छ । कांग्रेस र माओवादि १/१ स्थानमा विजयी बनेका छन् भने २ स्थानीय तहको परिणाम आउनै बाँकी छ ।
तेह्रथुम– काग्रेंसले ४ स्थानीय तह प्राप्त गरेको छ । एमालेले ३ तह र माओवादी १ स्थानमा विजयी बनेका छन् ।


