‘हुण्डी’ ठप्प पार्न राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले ल्याए यस्तो प्रस्ताव !

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले हुण्डी करोबार रोक्न बिशेष प्रस्ताव अघि सारेका छन् । उनले गत बिहिबारको अर्थ समिति बैठकमा हुण्डी कारोबार रोक्न पैसा पठाउने कामदारको खातामा सरकारले निश्चित प्रतिशत बोनस रकम थपिदिनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

अर्थ समिति बैठकमा हुण्डी कारोबार रोकथामबारे आफ्नो धारणा राख्दै कार्यवाहक गभर्नर समेत रहेका शिवाकोटीको प्रस्तावमा लेखिएको छ–‘विदेशबाट आएको रेमिटेन्स रकम बैंक खातामा जम्मा गरेको प्रमाणको आधारमा खातावाललाई सरकारका तर्फबाट थप निश्चित प्रतिशत रकम थपिदिने व्यवस्था गर्ने ।’

शिवाकोटीले विदेशबाट रेमिटेन्स पठाउने इजाजत प्राप्त संस्थालाई रेमिटेन्स भित्र्याए वापत नगदै अनुदान दिने वा सो रकमान्तर गर्दा लागेको बैंक शुल्क सरकारले व्यहोर्ने व्यवस्था समेत आवश्यक पर्ने बताए ।

विदेश गएको नेपाली कामदारले आफ्नो कमाई वित्तिय प्रणाली मार्फत पठाए नपाएको बुझ्न विमानस्थलमै काउण्टर राख्ने र निजले पैसा पठाएको विवरण अनिवार्य पेश गर्न लगाउनुपर्ने धारणा पनि राखे ।

विदेशी बैंकको रेमिटेन्स खाता खोल्ने सुबिधा नेपालमै उपलब्ध गराउने, विनिमय दरमा सरकारले छुट सुबिधा उपलब्ध गराउनुपर्ने, रेमिटेन्स कारोबारको शुल्क घटाउनुपर्ने र घरसम्म रेमिटेन्स पुर्याउन बैंकिङ पहुँच विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

उनले हुण्डी कारोबार नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले अध्ययन टोली गठन गरिसकेको पनि बताएका थिए । वैदेशिक रोजगारीमा जानु अघि नेपालमै बैंक खाता अनिवार्य खोल्नुपर्ने, १० लाखको जिवन बीमा लागु गरिएको, कोरिया जाने कामदारलाई हुण्डी कारोबारमा फस्न नदिने कार्यथलोबाटै बैंकिङ प्रणाली मार्फत पैसा पठाउने व्यवस्था मिलाउन नेपाल सरकारले नै पहल गर्नुपर्ने धारणा पनि राखेका थिए ।

हाल कोरियाबाट १० प्रतिशत रकम मात्रै वित्तिय प्रणाली मार्फत आईरहेको छ । – विकासन्युज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖