अन्तिम समयमा आएर राप्रपाले भन्यो,- हामी सरकारमा जाँदैनौं, यस्तो छ कारण…

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी जनाउन तयारी अवस्थामा रहेको राप्रपालाई अन्तिम समयमा आएर बेवास्ता गरेपछि राप्रपा तत्काल सरकारमा नजाने अवस्थामा पुगेको छ ।

सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले राप्रपालाई सम्मानजनक मन्त्रालय दिने मनस्थिति बनाएका छैनन् । सत्तारुढ दलले नै यसरी बेवास्ता गरेपछि राप्रपा नेताहरु सरकारमा सहभागी नहुने निश्कर्षमा पुगेका छन् ।

राप्रपा नेता दिलनाथ गिरीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा सरकारमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म कुनै टुँगो नलागिसकेको दाबी गरे । उनले भने,‘राप्रपा र प्रधानमन्त्री देउवासँग सरकार गठनबारे कुराकानी भएकै छैन, हामीलाई सम्मानजनक मन्त्रालय नदिने हो भने हामी सरकारमा जाँदैनौं।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।