आएन ६८ दिनसम्म पनि भरतपुरको नतिजा, सर्बोच्चले कस्तो आदेश गर्दै छ त आज ?

काही नभएको जात्रा हाँडी गाउमा भने झैँ स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको आज ६८ दिन पुगेको छ तर भरतपुर महानगर नतिजा आउन सकेको छैन। दोश्रो चरणमा चुनाब भएका सबै ठाउको नतिजा आएर प्रतिनिधीले काम सुरु गरिसकेका छन,तर भरतपुर झमेलामा अल्झिएको छ। पहिलो चरणमा निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये भरतपुर महानगरपालिकाबाहेक सबै आइसकेको छ ।

भरतपुर महानगर १९ वडामा मतपत्र च्यातिएपछि स्थगित मतगणना अझै सुरु भएको छैन । त्यो नहुदा ६८ दिनसम्म पनि भरतपुर महानगरले मेयर पाउन सकेको छैन । त्यति मात्र होइन, नगरसभा समेत बस्न सकेको छैन भने यसले बजेटसमेत सार्वजनिक गर्न सकेको छैन । भरतपुरमा जनप्रतिनिधी नहुदा अस्त ब्यस्त छ। महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यसअघि भएको सुनुवाइमा बहस सकिएको थिएन ।

पेसी तोकिएर पनि समय अभावको कारण देखाउँदै यसअघि ६ पटकसम्म स्थगित भएको सुनुवाइ प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हालेकै दिन गत बुधबारबाट सुरु भएको थियो । गत बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो । त्यहि बाट उत्पन्न विवाद सर्बोच्च पुगेर निरुपण हुन् नसकेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।