विवेकशील र साझा पार्टी एकीकरणको नजिक

काठमाडौं, ९ साउन । विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हुने छ । स्थानीय निर्वाचन भन्दा अघि पनि यी दुई दलले एकिकरणको प्रयास गरेका थिए ।

तर उज्जवल थापा वा रवीन्द्र मित्र कसले एकिकृत पार्टीको नेतृत्व गर्ने भन्ने सन्दर्भमा सहमति हुन सकेको थिएन । साझा पार्टीका प्रवक्ता तथा वार्ता टोलीका संयोजक सूर्यराज आचार्यले दुई दलका लगभग सबै एजेण्डा मिल्ने भएकोले आफूहरु एकिकरणका लागि संवादमा रहेको बताए ।

उनले एकिकरण हुने विषय लगभग टुंगोमा पुगेको पनि बताए । अब केही दिनमै सम्पूर्ण प्राविधिक विषयहरु टुंग्याएर आफूहरु एक महिना भित्रमा पार्टी एकिकरण हुने सम्भावना रहेको उनले बताए ।

अहिले सामुहिक नेतृत्वमा जाने सहमति भएको उनले बताए । विवेकशीलले पनि साझासँग एकिकरणको लागि थालिएको वार्ता सकारात्मक भएको जनाएको छ । एकिकरण पछि एकता महाधिवेशन गरेर नयाँ नेतृत्व छनौट हुने आचार्यले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖