असफल भयो चीनलाई फकाउने मोदीको यस्तो कूटनीति, कामै लागेन जन्मदिनको शुभकामना

​काठमाडौं, १० साउन । भुटानको डोक्लाम पठारमा भारत र चीनका बीच एक महिना लामो विवाद शुरु हुनुअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खस्याङलाई उनीहरूको जन्मदिनका लाथि सीना वेइबो सामाजिक सञ्जालमा बधाई दिएका थिए ।

तर चीनको रक्षा मन्त्रालयले सोमवार चीनको सुरक्षा स्वार्थका सम्बन्धमा ‘कुनै अवास्तविक भ्रम’ नपाल्नका लागि वक्तव्य जारी गरेपछि मोदीको ‘जन्मदिन कूटनीति’ खासै सफल भएको देखिँदैन ।

सीको जन्मदिन जुन १५ मा थियो र त्यतिखेर मोदीले वेइबोमा उनलाई शुभकामना दिएका थिए । यसैबीच चीनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ स्टेट काउन्सिलर याङ जिएचीका बीच ब्रिक्स मुलुकहरूको बैठकको साइडलाइनमा द्विपक्षीय भेट हुनसक्ने संकेत दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले उनीहरू दुईबीच भेटघाट हुने सम्बन्धमा पुष्टि गर्न नसक्ने बताउँदै ब्रिक्सका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले द्विपक्षीय वार्ता गर्ने परम्परा रहेको बताए । यो बैठक साउन १२ र १३ गते बेइजिङमा बस्दैछ । बेइजिङले सीमा विवादका विषयमा कुनै पनि वार्ता गर्नका लागि भारतीय सेना फिर्ता हुनुपर्ने शर्त राखेको छ । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।