मिल्यो कांग्रेसमा भागबण्डा, को को बन्दैछन् मन्त्री ? (सूची सहित)

काठमाडौं, १० साउन । निर्वाचित भएको करिव २ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नु भएको छ । कांग्रेसका तर्फबाट मन्त्री हुने १० जनाको नाम टुंगो लागेसँगै मंगलवार बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

कांग्रेसले देउवा समूहबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट ४, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समुहबाट १, १ गरी १० जना नयाँ मन्त्री बनाउने भएको हो । यसअघि आफ्नो समुहबाट तीनजनालाई देउवाले मन्त्री बनाइसक्नु भएको छ । कांग्रेसले पार्टी भित्र गुटहरुबीचको भागवण्डाका आधारमा मन्त्री बन्नेहरुको नाम छनौट गरेको हो । कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी मंगलबार १८ मन्त्री थप गर्ने तयारी देउवाले गर्नुभएको छ ।

देउवा समुहबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी, अम्बिका बस्नेत मन्त्री बन्दै हुनुहुन्छ । यस्तै पौडेल समुहबाट बलबहादुर केसी, रामकृष्ण यादव राजन केसी र सरिता प्रसाईं मन्त्री बन्दै हुनुहुन्छ । नेता सिटौलाको भीमसेनदास प्रधान र खुमबहादुर खड्काको समुहबाट मोहनबहादुर बस्नेत मन्त्री बन्दै हुनुहुन्छ ।

माओवादीले यसअघि नै गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीको नाम नयाँ मन्त्रीका लागि तय गरेको थियो । यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।