पाकिस्तानका पूर्वसैनिक परवेज मुशर्रफले भने,- भारतविरुद्ध परमाणु हतियारको प्रयोग गर्न खोजेको थिएँ

दुबई, साउन १२ । पाकिस्तानका पूर्वसैनिक शासक परवेज मुशर्रफले सन् २००१ मा भारतीय संसदमा आतंककारी आक्रमणपश्चात उब्जिएको तनावमा भारतलक्षित परमाणु हतियारको प्रयोग गर्ने निर्णय गरेको बताएका छन् ।

७३ वर्षीय मुशर्रफले जापानी दैनिक पत्रिका ‘मैनिची शिम्बुन’लाई दुबईमा बुधबार (हिजो) दिएको अन्तर्वार्तामा उनले भारतविरुद्धको तनावमा परमाणु हतियारको प्रयोग गर्ने निर्णय गरेपनि फेरि त्यसबाट आउने परिणामलाई विचार गर्दा पुनः रोकेको बताएका हुन् ।

उनले त्यसबेला आफू कैयौं दिन नसुतेको र आफैंले आफैंलाई प्रश्न गर्नुपरेको बताएका छन् । उनले भनेका छन्–‘परमाणु हतियारलाई युद्धमा प्रयोग गर्ने कि सुरक्षित राख्ने भन्ने प्रश्नले निकै सताएको थियो ।’

सन् २००२ मा भारत र पाकिस्तानबीचको तनाव निकै माथिल्लो विन्दुमा पुगेको थियो ।

मुशर्रफकाअनुसार त्यतिखेर सैनिकहरुले परमाणु हतियार प्रयोग गरेको भए त्यसलाई रोक्न नसक्ने परिस्थितिकोसमेत सिर्जना भएको थियो ।

सन् २००२ मै सन्चारमाध्यमहरुमा परमाणु हतियारको प्रयोग हुने सम्भावनाबारेको समाचारलाई उनले खन्डन भने गरेका थिएनन् ।

उनले भनेका छन्–‘त्यतिखेर हामीले प्रयोग गर्नेे मिसाइलमा परमाणु हतियार प्रयोग नगरिएपनि आवश्यक परेको खन्डमा २४ देखि ४८ घन्टाभित्र परमाणु हतियार लोड गर्न सकिने थियो ।’

पछिल्लो समय भारतले सन् २००१ देखि २००२ अक्टोबरसम्मकोे तनावमा मुशर्रफ र नवाज शरीफ भारतीय वायुसेनाको निशानामा रहेपनि उनीहरुलाई आक्रमण नगरी मित्रवत् व्यवहार देखाएको बताइरहँदा मुशर्रफको यी भनाइहरु आएका हुन् । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖