यसकारण ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनले दिए आदेश…

अमेरिकाले प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । जवाफका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ जना अमेरिकी कुटनीतिज्ञ र कर्मचारीलाई मुलुक छोड्न आदेश दिएका छन् ।

अमेरकाले मस्को विरुद्द नयाँ प्रतिबन्ध लगाउने तयारी गरेसंगै रुसी राष्ट्रपति पुटिनले यस्तो कदम चालेका हुन् । पछिल्लो कदमसंगै रुसमा कुटनीतिक स्तरमा रहेर काम गर्ने कर्मचारीको संख्या अब ४ सय ५५ मात्र रहने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्वको आधुनिक इतिहासमा कुनै पनि देशले यति ठूलो संख्यामा कुटनीतिक कर्मचारी निष्कासन गरेको यो पहिलो घटना हो ।

निष्कासन हुने समूहमा अमेरिका मिसनका लागि काम गर्ने रुसी कर्मचारी पनि रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता अमेरिकाले रुसको यो कदम आपत्तिजनक रहेको प्रतिक्रिया दिएको छ । अमेरिकी एक अधिकारीले यस घटनाको प्रभावका विषयमा आंकलन भइरहेको भन्दै पछि जवाफ दिने बताएका छन् । एजेन्सी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।