काभ्रेपलाञ्चोकमा मिले काँग्रेस–माओवादी, एमाले एक्लै मैदानमा !

बनेपा, १६ साउन । जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको निर्वाचनमा नेपाली काँग्रेस–माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

सो निर्वाचन यही साउन २५ गते हुँदैछ । गठबन्धन अनुसार प्रमुखमा नेपाली काँग्रेसका शङखबुद्ध लामा तथा उपप्रमुखमा माओवादी केन्द्रका चेतमाया चौलागार्इं गौतमले उम्मेदवारी दिएका छन ।

त्यस्तै नेकपा (एमाले)बाट प्रमुखमा उद्धव केसी, उपप्रमुखमा मञ्जु गौतमको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत मेदिनी पौडेलले जानकारी दिए ।

उनले आज कसैको उजुरी नपरेकाले नामावली प्रकाशन भएको उल्लेख गर्दै मंगलबार अन्तिम नामावली प्रकाशन गरिने बताए ।

नेकपा एमालेले समन्वय समितिको निर्वाचनका लागि नौ पदमा नै उम्मेदवारी दिएको छ भने काँग्रेस–माओवादी गठबन्धनले पदमा बाडफाँट गरेका छन् । जिल्लामा नौ पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । जिल्लामा रहेका १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २६ जना मतदानमा सहभागी हुन्छन् ।

समन्वय समितिको निर्वाचनबाट एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित तथा अल्पसंख्यक र अन्य गरी कुल नौ जना निर्वाचित हुनेछन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।