माओवादी केन्द्रका शीर्ष नेताहरु मधेस झरे : अध्यक्ष प्रचण्डले भने – दुई नम्बर प्रदेशमा माओवादी केन्द्र पहिलो दल बन्ने छ

स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु मधेस झरेका छन् । सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’लगायत शीर्ष नेताहरु चुनावी प्रशिक्षणका लागि आइपुगेका हुन ।

पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा माओवादी केन्द्र पहिलो दल बन्ने बताए । दुई नम्बर प्रदेशमा मधेस केन्द्रित दलहरुसँग समेत तालमेल गरेर अगाडि बढ्ने जानकारी दिए । उनले राजपालाई पनि चुनाबमा ल्याउनका लागि आफूहरु लागिपरेको बताए । ‘राजपालाई निर्वाचनमा सहभागी गराउन माओवादी केन्द्र सबै उपाय अवलम्वन गर्न तयार छ’, उनले भने, ‘राजपाका जायज मागलाई सम्बोधन गरेर उनीहरुलाई चुनावमा ल्याइछाड्छौँ ।’

‘प्रदेश नम्बर २ मा माओवादीले कांग्रेससँग मात्र नभएर मधेस केन्द्रित दलहरुसँग समेत चुनावी तालमेल गरेर अगाडि बढ्छ’, उनले भने ।उनले संविधान संशोधन भए राजपा चुनावमा आउने भन्दै संशोधनका लागि एमालेले सहयोग गर्नुपर्ने बताए । एमालेविना पनि दुई तिहाइ पुग्ने भन्दै उनले आफूहरु सकभर सर्वसम्मत रुपमा संविधान संशोधन होस् भन्ने पक्षमा रहेको जानकारी दिए।

अध्यक्ष प्रचण्डले प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्नुपर्ने बताएका छन्। ‘पछिल्लो समय दलहरुका बीचमा प्रदेश र केन्द्रको चुनाव एकै पटकमा गुर्नुपर्छ भन्ने विषयमा सहमति बन्दै गएको छ’ उनले भने, ‘निर्वाचनज आयोगले प्राविधिक कठिनाइ देखाए पनि हामी एकै चरणमा चुनाव गराउने पक्षमा छौँ।’

उनले निर्वाचन आयोगले देखाएका कानुनी र प्राविधिक जटिलताहरुलाई हल गर्न सकिने भन्दै सरकार र आयोग दुवै निर्वाचनको अन्तिम तयारीमा लागिरहेको बताए ।

यसैवीच, अध्यक्ष प्रचण्डले पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीले सोचेअनुरुपको परिणाम नल्याएको भन्दै त्यसमा अन्तरिक कारण रहेको बताए । ‘जनताले माओवादीलाई मन नपराएको भन्दा पनि हामी आफ्नै कारणले चुनाव हा¥यौ’, उनले भने, ‘यसमा जनताको दोष छैन, दोष नेता कार्यकर्ताकै हो।’

उनले माओवादी पराजित हुने दिन सकिएको भन्दै पार्टी संगठित भएर बलियो हुने दिशामा अगाडि बढेको ठोकुवा गरे। ‘माओवादीको पराजय हुने दिन सकिए’, उनले भने, ‘अब माओवादीको पुनः विजयको यात्रा सुरु हुँदैछ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।