भरतपुर १९ मा प्रचण्ड पुत्री रेणुलाई झड्का ! काँग्रेस कार्यकर्ता नै भन्न थाले,- ‘मत्र पत्र च्यात्नेलाई फेरी भोट किन दिने ?’

भरतपुर । लामो समय अदालतमा निणर्यको प्रतिक्षा पछि केहि दिन अगाडी मात्रै फैसला भएको भरतपुर महानगर वडा न. १९ मा पुन मतदान गर्ने सर्बोच्च अदालतको आदेशपछि भरतपुर महानगरको १९ नम्बरमा हुने निर्वाचन थप रोचक बन्ने भएको छ । १९ नम्वर वडाको मत गणना गर्दा माओवादी एजेण्टले मत पत्र च्याते पनि बिभिन्न चरण पार गर्दै अव निर्वाचन आयोग र अदालतको आदेशको आदेशपछि निर्वाचन हुने नै भएको छ ।

सुरुवाती अवस्थामा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले गरेको आशा र अपेक्षा राखेर योजनाबद्ध तरिकाले मत पत्र च्यातेका थिए त्यो सफल नहुने भएको छ । जसको पहिलो असर फेरि मतदान हुदा पनि प्रधानमन्त्री पुत्री रेणु दाहालको स्थितिमा खासै सुधार नआउने देखिएको छ ।

माओवादीको प्रमुख सोच भनेको वडा तहमा काँग्रेसलाई सहयोग गरेर मेयर पदमा सबै भोट तान्ने आंकलन गरेको भए पनि अदालतको निर्णय पछि भने १९ नम्बर वडामा रहेका काँग्रेस कार्यकर्ताले हामीले दिएको मतको अस्तीत्व नै नहुने गरी भोट च्यातेकोले फेरी दोहोर्याएर त्यस्तालाई भोट नदिने भन्दै रेणुको विरोध गर्न थालेका छन् ।

उनीहरुले मत पत्र च्यात्ने पार्टीलाई किन फेरी भोट हाल्ने भन्दै प्रश्न गर्न थालेका छन। जसको कारण रेणु दाहालका लागि अर्को खतरा सत्ताविरुद्ध प्रतिपक्ष गठबन्धन हुने भएको छ ।

वडा तहमा माओवादीले काँग्रेसलाई सहयोग गरेर सबैमा जिताउने आंकलन भएको भए पनि काँग्रेसको कार्यकर्ताको यस्तो व्यवहार आए पछि एमालेका उमेद्वार देवी ज्ञावलीलाई भने सहयोग पुग्ने देखिन्छ । यसरी भाँडिएका काँग्रेस कार्यकर्ता र राप्रपाका बाँकी रहेका मतदाता हातमा लिन सके उनलाई सहयोग पुग्ने देखिन्छ । ।

भरतपुर महानगरपालिकाको मेयरका लागि १९ नम्बर वडा बाहेक अन्यत्र मतदान उहिल्यै भइसकेको छ । २० नम्बर वडाको ३३०२ मत गन्न बाँकी छ । यी दुई वडाको मत गणना बाँकी हुँदा एमाले उम्मेदवार देवी ज्ञवाली ७८३ मतले अगाडि छन् । बैशाख २९ गते दिएको मत च्यातेर फेरि मत माग्न जाने रेणुको नैतिक तागत सायद कमजोर नै हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।