सामाजिक सञ्जालमा गाली गरेको आरोपमा पक्राउ परेका देवी ज्ञवालीका छोरालाई रिहाइ गर्न एमालेको माग

भक्तपुर, १८ साउन । नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको स्थायी कमिटी बैठकले तत्काल उनलाई रिहाइ गर्न माग गरेको एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताए ।

माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रहेकी रेणु दाहाललाई दुई महिनाअघि सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेको विषयलाई लिएर चुनावको मुखमा निरवलाई पक्राउ गर्नु निर्वाचन नै प्रभावित पार्ने षड्यन्त्र भएको एमालेले ठहर गरेको छ ।

गत जेठ १४ गते राति (माओवादी केन्द्र)का प्रतिनिधिले मतपत्र च्यातेपछि निरवले फेसबुकमा आफूलाई गालीगलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले चितवन प्रहरीमा उजुरी दिएको विषयलाई लिएर आज उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी बैठकले तीन जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसलाई सदर गरेको छ ।

जसअनुसार कञ्चनपुरमा प्रमुखमा खैरु तामाङ र उपप्रमुखमा सानुकमारी बुढा थापा, कैलालीमा सूर्यबहादुर थापा र सुन्दरीदेवी थारु तथा डोटीमा प्रमुखमा रामबहादुर ऐर र उपप्रमुखमा शशी सोवलाई उम्मेदवार बनाउने निर्णय भएको पोखरेलले जानकारी दिए ।

यसैगरी बाँके जिल्लामा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष ओली र प्रदेश इन्चार्ज विष्णु पौडेललाई जिम्मा दिने निर्णय गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।