प्रेस चौतारी प्रदेश १ को बैठक धनकुटामा जारी
एमाले सचिव बिकर्ण बिष्टद्वारा उत्घाटन
धनकुटा खबर, साउन १८ । प्रेस चौतारी नेपाल प्रदेश नं.१ को बिस्तारित बैठक आजबाट धनकुटामा शुरु भएको छ । २ दिन सम्म चल्ने उक्त बिस्तारित बैठकको नेकपा एमालेका सचिव बिकर्ण बिष्टले उत्घाटन गर्नुभएको छ ।

प्र्रदेशका उपाध्यक्ष लिला राज भट्टराईको अध्यक्षतामा जारी बिस्तारित बैठकमा साबिक पूर्वान्चलका १६ जिल्लाका ६० जना पत्रकारहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

जारी बैठकबाट प्रादेशीक संरचनामा संगठन बिस्तार र संगठन सुधारका बारेमा ठोष निर्णय गर्ने प्रेस चौतारी धनकुटाका सल्लाहकार सिद्धराज राईले जानकारी दिनुभयो ।



