अन्ततः डोकलाममा पछि हट्यो भारत ! यस्तो छ चीनको दावी…

नयाँ दिल्ली, १९ भारत । भारतीय पत्रिका इकोनमिक टाइम्सका अनुसार चीन सरकारले दावी गरेको छ कि डोकलाममा भारतले सैनिक संख्या घटाएको छ । १५ पेजको एक दस्तावेजसँगै चीनको विदेश मन्त्रालयले दावी गरेको छ कि डोकलाम सीमा जहाँ पहिला करिव ४०० भारतीय सैनिक थिए, अहिले संख्या घटेर ४० पुर्राइएको छ ।

भारतले भने चीनको यो दावी खारेज गरेको छ । भारत सरकारले भनेको द्ध कि चीनको विदेश मन्त्रालयद्धारा दिइएको जानकारी गलत छ र दुई देशका करिव ३५० देखि ४०० सैनिक एक अर्कासँग आमने–सामने छन् ।

चीनको दस्तावेजमा भनिएको छ, १६ जुन २०१७ मा चीन डोकलाम इलाकामा सडक बनाईरहेको थियो । १८ जुन २०१७ मा अधिकृत भारतीय सैनिक हतियारसहित बुल्डोजर लिएर डोकलाम क्षेत्रमा आए । भारतीय सैनिक सडक निर्माण रोक्ने उदेश्यले चीनको इलाकामा एक सय मिटर जति भित्र घुसे । एक समय त्यहाँ भारतीय सैसनकको संख्या ४०० जति पुगेको थियो ।

दस्तावेजमा दाबी गरिएको छ कि ‘भारतीय सैनिक त्यहाँ तीन टेन्ट गाडे र चीनको सीमामा १८० मिटरभित्रसम्म आए । जुलाईको अन्तिमसम्म अव त्यहाँ ४० भारतीय सैनिक र एक बुल्डोजर अवैध तरिकारले चीन सीमामा छन् ।’

चीनको दाबी भन्दा फरक भारतले ३५० सैनिक छ सातादेखि डोकलाम श्रेत्रमा डटेर बसेको बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।