भारतले थाल्यो दोक्लामलाई अघि सार्दै चीनसँग ‘बार्गेनिङ’

काठमाडौं, २० साउन । भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले दोक्लाम विवादको समाधान युद्ध हुन नसक्ने भन्दै संयमतापुर्वक वार्ताबाट समाधान खोज्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको छ ।

उहाँले दोक्लाममात्र नभएर समग्रमा चीन–भारतविचमा विवादित भएका महत्वपुर्ण मुद्दामा समग्रमा सहमति खोज्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । भारतीय माथिल्लो सदन राज्यसभामा बिहिबार दोक्लाम लगायतका विवादित मुद्धा र भारतको बिदेश तथा सामरिक नीतिबारे बोल्दै उहाँले वार्ताबाटै दुबै पक्षलाई मान्य हुने समाधान निकाल्न सकिने बताउनुभएको हो ।

चीनसँग दोक्लाममात्र नभएर चीन–भारतविचको सिमा विवाद, न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) र जैस–ई–मोहम्मद लगायतका आतंकवादी समुहमाथिको प्रतिवन्ध लगायतका सबै बिषयलाई एकैसाथ समाधान गर्न भारतले चीनसँगको संवाद बढाएको जानकारी दिनुभयो ।

विदेशमन्त्री स्वराजले दोक्लामलाई भारत, चीन र भुटानविचको त्रिदेशीय सिमाबिन्दुको रुपमा उल्लेख गर्दै त्यसले द्धिपक्षीय सम्बन्धलाई नयाँ रुपमा वहसमा ल्याएको उल्लेख गर्नुभयो । ‘चीनले भारत, चीन र भुटानविचको त्रिदेशीय सिमा विन्दुमा काम अघि बढाएपछि त्यसले सिमा विवादमा निर्णय लिन समस्या पैदा गर्छ । सिक्किमले जोडेको भारत र चीनको सिमामा समेत जटिलता ल्याउँछ’ उहाँले भन्नुभयो,‘ धैर्यता र आफ्ना बोलीमाथिको लगाम समाधानका मुख्य कडी हुन, हामीहरु धैर्यता प्रदर्शन गरिरहेका छौं र बोलीमा नियन्त्रण गरिरहेका छौं ।’

युद्ध समस्याको समाधान कहिले पनि नभएको र नहुने भन्दै युद्धपछि पनि अन्तत संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । ‘त्यसैले युद्धलाई छाडेर वार्ता गरौं, संवाद कूटनीतिले समस्या समाधान हुन्छ’ उहाँले भन्नुभयो । सैन्य तयारी जहिले पनि भइरहेको भन्दै त्यसको अर्थ युद्ध नै भएको तर भारतले अहिले युद्ध नचाहेकोमा उहाँको जोड थियो । ‘हामी जहिले पनि भारत–चीन सिमामा शान्ती छाइरहोस भन्ने चाहान्छौं । त्यसले मात्र द्धिपक्षीय सम्बन्धमा सहज बिकास हुन्छ’ उहाँको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖