रेणु दाहाल लाई बधाईको ओईरो, पहिलो बधाई बुबा प्रचण्डले दिए
भरतपुर महानगरपालिकाको वडा नम्बर २० को आधा मात गनिनसक्दै माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालले कसैले नसोचेको मतान्तर घटाएकी छन् ।
पछिल्लो मतले काँग्रेस र माओवादी केन्द्रलाई उत्साहित बनाएको छ । यति छिटो मतान्तर घट्ला भन्ने माओवादी केन्द्रका नेताहरुले कल्पना समेत गरेका थिएनन् ।
नजिकबाट प्रतिस्पर्धा भइरहँदा रेणुलाई बधाई दिनेको ओहिरो लागेको छ । मतगणनास्थल बाहिर रहेका माओवादी केन्द्रका एक जिल्ला नेताका अनुसार रेणुका शुभचिन्तक, आफन्त र पार्टीका नेता कार्यकर्ताहरुले बधाई दिन फोन गरेर बधाइ दिइरहेका छन् ।
मतान्तर ह्वात्तै घटेसँगै रेणुका बुबा तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फोन गरेर बधाई दिएका छन् । ‘रेणु दिदीलाई अध्यक्ष कमरेडले फोन गरेरै बधाई दिनु भएको छ’ एक नेताले भने ।


