‘सर्वोच्चले फैसला ढिला गर्दा विपक्षीहरुले चलखेल गर्ने मौका पाए’ : देवी ज्ञवाली

चितवन, भरतपुर महानगरपालिकाबाट मेयरका लागि नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पहिलो निर्वाचनको मतपत्र च्यातिएपछि तत्कालै सर्वोच्च जानुपर्ने तर त्यही कार्यमा ढिलाई भएकोले पुन निर्वाचनमा पराजयको सामना गर्नुपरेको बताएका छन् ।

नेकपा एमाले चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले अदालतले मुद्दाको फैसला गर्न आलटाल गर्दै लामो समय लगाएका कारण बिपक्षी अराजक शक्तिहरुले चलखेल गर्ने मौका पाएर पराजय भोग्न बाध्य भएको बताए ।बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको मतपत्र माओवादीले जेठ १४ गते राति मतगणना हुँदाहुँदै च्यातेपछि जेठ २१ गते सर्वोच्चमा परेको रिटमा अदालतले साउन १५ गतेको लागि पुन मतदान गराउनका लागि आदेश दिएको थियो ।

त्यही अवधिमा राज्य सत्ता र शक्तिको चरम दुरुपयोग भएको भन्दै ज्ञवालीले सत्ताको आडमा विकासको नाममा करोडौं रुपयाँ रकमान्तर गरिएको र जनतालाई झुटा विकासे आश्वासन बाँडिएको आरोप लगाए । त्यही बेलामा तत्काल निर्वाचन गरेको भए भिन्न परिणाम आउने र आफूलाई हराउनकै लागि सर्वोच्चले पनि फैसला गर्न ढिलाई गरेको ज्ञवालीले बताए। – एस काठमाण्डौ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖