राप्रपा प्रजातान्त्रिकले आफूलाई तत्काल २० जिल्लाको समर्थन रहेको बताई रहेका बेला आयो यस्तो प्रतिक्रिया…

धनकुटा खबर, काठमाडौं । सोमबार नयाँ पार्टी गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आफुलाई तत्काल २० जिल्लाको समर्थन रहेको बताई रहेका बेला विभिन्न जिल्ला अध्यक्षहरुले आफ्नो समर्थन नरहेको दावी गरेका छन् ।

राप्रपा प्रजातान्त्रिकले धनकुटा, चितवन, रुपन्देहीलगायत राप्रपाका २० वटा जिल्ला कार्य समितिले राप्रपा प्रजातान्त्रिकमा समाहित हुने निर्णय गरेको उल्लेख गरेको थियो । तर, विभिन्न जिल्लाका सभापतिहरुले आफुहरुले त्यस्तो कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।

राप्रपा प्रजातान्त्रिकले समर्थन गर्ने निर्णय गरेको भनिएको धनकुटा जिल्ला कार्य समितिका अध्यक्ष कुमारबहादुर थापाले आफुलाई कुनै जानकारी नहेको बताएका छन् । उनले आफुले फेसबुकमार्फत थाहा पाएको तर, जिल्लाका कुनै निर्णय नगरेको बताए ।

अध्यक्ष थापाले आफु काठमाडौंमै भएको र जिल्लामा कुनै बैठक नबसेको प्रष्ट पारे । ‘जिल्लाको बैठक बसेको छैन, खै कसरी समाहित गरेको कुरा आयो, मलाई थाहा छैन’ उनले भने, ‘जिल्लाले बैठक नै नबसी कसरी समहाति गरेको निर्णय गर्न सक्छ र ?’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।