तराई खटिएका एमाले पदाधिकारीले बुझाए यस्तो प्रतिवेदन,- प्रदेश २ को १२७ मध्ये ७४ स्थानमा जीत निश्चित

काठमाडौं, साउन २४ । स्थानीय तह निर्वाचनमा पहिलो दलको रुपमा स्थापित भएको नेकपा एमालेले प्रदेश २ मा पनि एक्लै बहुमत स्थानमा जीत हासिल गर्ने तथ्यांकसहितको आन्तरिक प्रतिवेदन बनाएको छ । प्रदेश नम्बर २ मा पहिलो चरणको चुनावी अभियानमा पार्टी पदाधिकारीलाई खटाएको एमालेले प्रारम्भिक प्रतिवेदन तयार पार्दै प्रदेश २ को १२७ स्थानीय तहमध्ये ७४ स्थानमा जीत हासिल गर्ने निश्कर्ष निकालेको हो ।

प्रदेश–२ का ८ जिल्लामा खटेका पार्टी पदाधिकारी र स्थायी समिति सदस्यहरुको बैठकमा असोज २ गते हुने स्थानीय निर्वाचनको सम्भावित परिणाम सम्बन्धी प्रक्षेपण समेत प्रस्तुत भएको छ । पहिलो चरणमा प्रदेश नम्बर २ खटिनुभएका महासचिव ईश्वर पोखरेलको कमाण्डमा पदाधिकारी र स्थायी समिति सदस्यहरुले आफू खटेका जिल्लाको प्रारम्भिक रिपोर्ट बुझाउनु भएको छ ।

प्रदेश २ को चुनावको आवश्यक तयारी गर्न महासचिव पोखरेल बीरगञ्ज र धनुषा, उपमहासचिव विष्णु पौडेल बारा, घनश्याम भुसाल रौतहट, सचिव प्रदीप ज्ञवाली सिराहा, पृथ्वी सुब्बा गुरुङ महोत्तरी, योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही र भीम आचार्य सप्तरी खटिनुभएको थियो । खटिएको जिल्लामा नेताहरुले भेला र भेटघाट चलाएर प्रारम्भिक सर्भेक्षण समेत गरेर फर्किनु भएको छ ।

अभियानका क्रममा उहाँहरुले कार्यकर्ता, स्थानीय सामाजिक अभियन्ताहरुसँग संवाद गरी स्थानीय समस्याहरुवारे छलफल गर्नु भएको थियो भने पार्टीका भेला र बैठकहरुमा सहभागि हुनु भएको थियो ।

आफू खटेका जिल्लाबाट प्रारम्भिक रिपोर्ट लिएर फर्केका एमाले नेताहरुले स्थायी समिति बैठकमा ती जिल्लाको सम्भावित चुनावी आकडा प्रस्तुत गर्नु भएको थियो । रिपोर्ट अनुसार एमालेले प्रदेश नम्बर २ को स्थानीय चुनावमा ६३ देखि ७४ स्थानीय तह जित्ने किटानी गरिएको छ । प्रदेश नम्बर २ मा सकेसम्म कांग्रेस बाहेकका दलसँग तालमेल गर्नु पर्ने पनि उहाँहरुले सुझाव प्रस्तुत गर्नुभएको छ । ८ वटै जिल्लाका १२७ वटै स्थानीय तहमा कुन दलसँग प्रतिस्पर्धा हुने भन्ने पनि आकडा एमाले नेताहरुले प्रस्तुत गर्नुभएको छ ।

धेरैजसो स्थानीय तहमा कांग्रेससँग प्रतिस्पर्धा, त्यो भन्दा कम तहमा राजपा र संघीय समाजवादी फोरम र केही तहमा माओवादीसँग पनि प्रतिस्पर्धा हुने देखिएको छ । तालमेलको नीति अपनाएर गए ७४ वटासम्म स्थानीय तह जित्न सकिने र आन्तरिक परिचालन ब्यवस्थित हुन सके विना तालमेल पनि ६३ वटा स्थानीय तह जित्ने एमालेको प्रारम्भिक मुल्यांकन गरिएको छ । – जनताटाईम्स ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।