तीस हजार रुपैयाँको गाडी चढ्थे राजा महेन्द्र

काठमाडौं । अहिले बीमा बजार एक खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। २०२४ साल फागुनबाट सुरु भएको बीमा बजारको गति भने तुलनात्मक रुपमा कमजोर नै छ।

बीमा बजार यहाँसम्म आइपुग्दा पहिलो बीमा पोलिसी कसले खरीद गरेको थियो भन्ने कमैलाई थाहा होला।

पहिलो बीमा कम्पनीका रुपमा खुलेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानमा पहिलो बीमा गाडीको भएको थियो। त्यो पनि चानचुने ब्यक्तिको होइन।

पञ्चायति ब्यवस्था सुरु गरेर सर्वशक्तिमान बनेका राजा महेन्द्रले संस्थानको उद्घाटन गर्दै आफ्नो गाडीको बीमा गराएका थिए। उनको गाडीको मूल्य ३० हजार रुपैयाँ थियो।

संस्थान उद्घाटनकै दिन फागुन ११ गते राजा महेन्द्रले एक बर्षको बीमा गराएका थिए। उनले राजाकै हैसियतमा गाडीको बीमा गराएका थिए। बिजमान्डुबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।