भारतलाई चीनले सोध्यो,- चिनियाँ सेना कालापानी र काश्मिरमा छिरेर भारतमाथि आक्रमण गरे के हुन्छ ?

दोक्लमको विषयलाई लिएर चीन र भारतबीच डेढ महिनादेखि चलेको विवादमा अन्ततः नेपालको कालापानी क्षेत्र समेत तानिएको छ। चीन र भुटानको सिमा क्षेत्र दोक्लमबाट भारतीय सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको चीनले भारतलाई अर्को चुनौती दिएको हो। दिल्लीलाई चेतावनी दिँदै बेइजिङले सोधेको छ– चिनियाँ सेना कालापानी वा कास्मिरमा प्रवेश गर्दा के हुन्छ?

भारतले सैन्य क्याम्प स्थापना गरेको नेपालको कालापानी वा भारत–पाकिस्तानबीचको विवादित क्षेत्र कास्मिरमा चिनियाँ सेना प्रवेशको सम्भावनाबारे चिनियाँ अधिकारीले सार्वजनिक रुपमा बोलेको यो पहिलो पटक हो। यद्यपि चिनियाँ विज्ञ तथा विश्लेषकहरुले सरकारी सञ्चारमाध्यममा यसअघि पनि यस्ता विचार प्रकट गर्दै आएका छन्।

भारतीय सञ्चारकर्मीहरुसँग बेइजिङमा कुरा गर्दै चिनियाँ विदेश मन्त्रालयअन्तर्गतको सीमा र समुद्र मामिलासम्बन्धी विभागकी उपमहानिर्देशक वाङ वेन्लीले दिल्लीलाई यस्तो चेतावनी दिएकी हुन्।

‘दोक्लममा एक जना मात्रै भारतीय सेना एक दिनका लागि मात्रै रहेपनि त्यो चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन हो’, उपमहानिर्देशक वाङले भनिन्, ‘यस्तो समयमा भारतसँग वार्ता गर्नु असम्भव छ, हाम्रा जनताले हामीलाई असक्षम ठान्नेछन्।’

‘त्रिपक्षीय सीमाको बहानामा भारत दोक्लममा पस्न मिल्दैन’, वाङले सिधै
प्रश्न गरिन्, ‘हामी पनि चीन, भारत र नेपालको त्रिपक्षीय सीमा कालापानी वा भारत र पाकिस्तानबीचको कास्मिरमा त्यस्तै बहाना खोजेर पस्यौँ भने के हुन्छ?’

दोक्लमबाट दुवै पक्षले सेना फिर्ता गर्नुपर्ने भारतको प्रस्तावलाई चीनले अस्वीकार गर्दै आएको छ। वाङले भारतको त्रिपक्षीय सीमाको बहानाले काम नगर्ने र यसले समस्यालाई अझ जटिल बनाउने बताइन।

‘म जनमुक्ति सेना र चीन सरकारका तर्फबाट यति मात्रै भन्नसक्छु, हामीसँग दृढ संकल्प छ’, चीन–भारत युद्धको सम्भावनाबारे वाङले भनिन्, ‘त्यसैले यदि भारतीय पक्ष अझै गलत बाटो जान चाहन्छ वा यस विषयमा अझै भ्रममा रहन चाहन्छ भने हामीपनि हाम्रो अधिकारलाई रक्षा गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार जुनसुकै कदम चाल्न सक्छौँ।’

उनले भारतसँगको यसअघिका विवादमा चीनले कहिल्यै आफ्नो अवस्थाबारे स्पष्ट पार्न पत्र जारी नगरेको भन्दै चीनको सम्पूर्ण भनाइ दोक्लमबारे अघिल्लो साता बेइजिङमा जारी गरिएको १५ पृष्ठ लामो तथ्य पत्रमा समावेश भएको बताइन्।

वाङले चीन र भारतले एकै पटक सेना फिर्ता गर्ने दिल्लीको प्रस्ताव ठाडै अस्वीकार गर्दै भनिन्, ‘तथ्य स्पष्ट छ, चीनको भूभाग भनेर स्वीकृत क्षेत्रमा सेना पठाएको भारतले नै हो। त्यसले त्यहाँबाट फिर्ता हुने जिम्मेवारी पनि भारतकै हो।’

साभार -नेपालखबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।