यो हो ‘टा–टा टावेल ब्रा’ जसले संसारभरी मच्चायो हंगामा (भिडियो सहित)

महिलाहरुले लगाउने ब्रा र बजारको पुरानो सम्बन्ध छ । खासगरी महिलाहरुको सौन्दर्यसँग जोडेर ब्रालाई बजारको अण्डर गार्मेन्ट नाफामूलक बस्तुका रुपमा पस्किँदै आएका छन् कम्पनीहरु ।

तर यतिखेर एउटा नयाँ ब्राले यो बजारमा हमला बोलेको छ । ‘टा–टा टावेल’ नामले चर्चित यो ब्राका बारेमा विश्वव्यापी बहस नै चलेको छ । महिला, पुरुष, अधिकारकर्मी, कम्पनीहरुबीच यो बहसले स्थान लिएको बिबिसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

यसका समर्थकदेखि बिरोधीहरुसम्मको चर्चाले ब्राले भने मज्जाको व्यापार गर्न सफल भएको छ ।

के हो टाटा टावेल ?

टाटा टावेल एउटा नयाँ डिजाइनको ब्रा हो । तर यो ब्रा भने अहिलेसम्मका ब्रा भन्दा फरक छ । यसअघिका अधिकांश ब्राहरु महिलाहरुको स्तनलाई आकर्षक र सेक्सी देखाउन नै बनेका थिए । यसमा भने महिलाहरुलाई सजिलो हुने किसिमले बनाइएको छ । पसीना नआउने, बच्चालार्इ दूध चुसाउन सजिलो हुने, लगाउन र झिक्न सजिलो हुने यसको विशेषता हो ।

कतिपयले यसलाई स्तन कोक्रोको संज्ञा पनि दिएका छन् । डिजाइनका हिसाबले यो हल्टर नेक बिकनी जस्तै लाग्छ । यो लगाउने मान्छेको घाँटीमा टिकेको हुन्छ ।

ब्राका बारेमा कम उमेरका महिलाहरुका बीचमा बढी चर्चा र चासो देखिँदै आएको बेला यो ब्राले भने उमेर पुगेका महिलाहरुबीच समेत ब्राको चर्चा भित्र्याएको बिबिसीको टिप्पणी छ । नेपाल समाचारपत्रबाट

https://youtu.be/idE30ySWZLo



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।