धनुटामा सूचना दिवस मनाईयो

धनकुटा खबर, भदौं २ । आज राष्ट्रिय सूचना दिवस । यस सन्दर्भमा देशभर लगाएत धनकुटामा पनि यो दिवस मनाईएको छ ।

दिवसको अबसरमा मूल आयोजक समितिले प्रभाफरी र अन्तरक्रियाको आयोजना गरेको छ ।

धनकुटाको भिनानारायण चौकबाट शुरु भएको प्रभातफेरी नगर परिक्रमा पछि नेपाल पत्रकार महासंघ धनकुटाको सभा हलमा अन्तरक्रियामा परिणत भएको थियो ।

मुल आयोजक समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रतीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले सूचनाको हक सम्बिन्धि ऐन २०६४ मा आधारित रहेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राजनैतिक दलका तर्फबाट नेकपा माओवादी केन्द्रका सह संयोजक ऋषिराम ढुंगाना,पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले दिवशको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उप्रतीले सूचनाको हकले सूचनाको हकले भष्टाचार न्यूनिकरण गर्न र राज्यलाई सुशासन गर्न सहयोग पु¥एको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय प्रसारण केन्द्र रेडियो नेपाल धनकरटाका प्रमुख प्रेम प्रसाद भट्टराई,स्थानिय बिकास अधिकारी पर्व प्रसाद साप्कोटा,प्रहरी उपरीषक सुदिपराज भण्डारी जिल्ला वन कार्यालयका प्रमुख कृष्ण प्रसाद वस्ती लगाएत बिभिन्न संघ संस्थाका प्रतिनीधि तथा पत्रकारहरुको उपीथति रहेको थियो ।

नेपालमा २०६४ सालबाट सूचनाको हक सम्बन्धि ऐन लागु भएपनि बिश्वमा ईस बि.संवत् १७६६ देखि स्वीडेनबाट सूचनाको हक लागु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।