संविधान संशोधन विधेयक पारित हुन दिदैनौं : अध्यक्ष ओली

काठमाण्डौ, २ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक पारित नहुने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने उपयुक्त समय अहिले नभएको पनि स्पष्ट पारे । उनले राष्ट्रिय हित विपरित ल्याइएको संविधान संशोधन विधेयकलाई पारित गराउन नदिइने चेतावनी पनि दिए ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने गरी सत्तापक्षले विधेयक निर्णयार्थ पेश गर्न खोजेको आरोप पनि लगाए। सरकारले आगामी सोमबार संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ ।

अध्यक्ष ओलीले प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिए । उनले सत्तारुढ दलहरुले आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम आउने गरी क्षेत्र निर्धारणको काममा षडयन्त्र गरिरहेको आरोप पनि लगाए ।

अध्यक्ष ओलीले राहत वितरणको काममा राजनीति नगर्न पनि सरकारलाई सचेत गराए । उनले राजनीतिक लाभहानीको आधारमा सरकार र सत्तारुढ दलका नेताहरुले राहत वितरणको कामलाई प्रचारबाजीको विषय बनाएको भन्दै आपत्ति पनि जनाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।