भारत र चीनका सेनाबीच झडप भए नभएकोबारे आ-आफ्नै तर्क भईहरेको बेला सर्बजनिक भयो यस्तो भिडियो

भारतीय सेना तथा चिनियाँ सेनाबीच अगष्ट १५ तारिखका दिन भएको एक झडप भएको थियो । चिनियाँ सेना सीमा नाघेर अघि बढ्न खोज्दा भारतीय सेनाले हाते साङ्लो बनाएर चिनियाँ सेनालाई रोकेको भारतीय पत्रपत्रिकाले जनाएका छन् । भारतीय सेनाको साङ्लो टुटाउन चीनको पिपुल्स लिबरेशन आर्मीका जवानले ढुङा मुढा गरेका थिए र भारतीयको तर्फबाट पनि त्यसको जवाफमा ढुङ मुढा भएको देखिएको छ ।

उक्त घटना भएको स्थलको नजिकको डाँडाबाट खिचिएको उक्त भिडियोमा भारतीय तथा चिनियाँ सेना प्रष्ट सँग चिनिँदैन । झगडा भएको र एक दुई व्यक्तिलाई धेरैले मिलेर पिटेको दृश्य देखिने उक्त भिडियोमा भारतीय र चिनियाँ सेनापनि राम्ररी छुट्टिँदैन । तर एक जवानले रातो झण्डाजस्तो देखिने वस्तुलाई लौरोको रुपमा प्रयोग गरेर अर्कोतर्फ पिटेको दृश्यले कुन भारतीय सेना र कुन चिनियाँ सेना भनेर अनुमान लगाउन सकिन्छ ।

अगष्ट १६का दिन चिनियाँ सेनाकी प्रवक्ताले आफूलाई चिनियाँ सेनाले लद्याखमा अतिक्रमण गरेको सूचना नभएको बताएकी थिईन । भारतीय विदेश मन्त्रालयले भने शुक्रवार उक्त घटना भएको कुरा स्वीकार गर्दै प्रवक्ता रविश कुमारले दुवैतिरका सेनाका कमाण्डरले आपसी वार्ताबाट सो समस्या सुल्झाएको बताएका छन् । हेर्नुहोस् भिडियो ।

https://youtu.be/VOTR3ooFKrw



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖