संशोधन विधेयक पारित गर्नका लागि नभई विपक्षीलाई दोष लगाउन मात्र ल्याइयो : उपेन्द्र यादव

संशोधनले हाम्रो माग सम्बोधन गरेको छैन

काठमाडौं, ५ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित गर्नका लागि नभई विपक्षीलाई दोष लगाउन मात्र ल्याइएको वताउनु भएको छ । संविधान संशोधन विधेयकमाथि सोमबार संसद बैठकमा बोल्दै यादवले सत्तारुढ दलहरुले ‘हामी त संविधान संशोधन गर्न चाहन्थ्यौं, विपक्षीले मानेन’ भन्नका लागि मात्रै संशोधन प्रस्ताव ल्याएको वताउनुभयो ।

संविधान संशोधन विधेयकले तराई केन्द्रित दलको माग सम्बोधन नगरेको पनि उहाँले वताउनुभयो । ‘यो प्रस्तावले नागरिकता, संघीय संरचना, निर्वाचन प्रणालीजस्ता कुनै पनि समस्या समाधान गर्दैन’ यादवले भन्नुभयो, ‘यो प्रस्ताव पारित हुनेगरी पनि ल्याइएको होइन। चुनाव आएको छ, हामीले प्रस्ताव त ल्याएकै हौँ, फलानाले दिएन भन्नलाई मात्र ल्याइएको हो।’

तथापि उहाँले संशोधन प्रस्तावको पक्षमा आफ्नो दलले मतदान गर्ने वताउनुभयो । संविधान अपूर्ण रहेको स्वकारोक्ति विधेयकमा भएकाले यसको पक्षमा आफूले मतदान गर्ने यादवको तर्क थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।