निगाले-उत्तरपानी कृषि सडकखण्डको स्तरउन्नती गरिदैं
धनकुटा नगरपालिकाको निगाले स्थित निगाले–उत्तरपानी कृषि सडकखण्डको स्तरउन्नती गर्दै एक स्काभेटर डोजर ।

२०७५ साल बैसाख सम्ममा सम्पन्न गर्नेगरी डेनमार्क सरकारको उन्नती परियोजना अन्तर्गत १ करोड ९२ लाख ७५ हजारको लागतमा उक्त ३ किमि ३ सय ४० मिटर सडक निर्माणाधिन रहेको छ । उक्त क्षेत्रमा उत्पादित दुध, अलैची,चिया, अदुवा र कृषि जन्य उपजको निर्यातमा सहजता पु¥याउने उदेश्यले उक्त सडकको स्तर उन्नती गरिएको उन्नती कार्याल धनकुटाले जानकारी दिएको छ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर


