यी हुन् बलात्कारी धर्मगुरुलाई सजाय दिने न्यायधीश !, भन्छन्,- राम रहीम जंगली जनावर हुन्
यो मात्रै २० वर्षे जेल सजाय मात्रै थिएन । जो सोमबार बाबा गुर्मित राम रहिममो जीवनमा बज्रपात बनेर आयो । उनलाई सिबिआईको विशेष अदालतको तिखो टिप्पणीले पनि भयभित बनायो ।

दुई अनुयायीमाथि बलात्कारको आरोपमा १५ वर्ष पुरानो मामलाको अध्ययन गरेको सिविआईको विषेश अदालतले उनलाई १० ÷१० वर्ष अर्थात २० वर्ष जेल सजाय तोकेको छ । उनलाई ३०.२ लाख रुपैयाँ जरिवानामा पनि गरिएको छ ।
पढ्नुहोस् विशेष न्यायाधीश जगदीप सिंहले ९ पन्नामा गुरमित राम रहीमको बारेमा के के भने ?
१. दोषी गुरमित राम रहीमले एक जंगली जनावरले सरह गतिविधि गरेका थिए । उनले आफ्नो पवित्र महिला अनुयायीलाई पनि छोडेनन् ।
२. पीडितहरुले धर्मगुरु राम रहीमलाई ईश्वर जस्तै सम्मान दिए । तर, बाबा राम रहिमले उनीहरुमाथि सबैभन्दा गम्भिर किसिमको अपराध गरे ।
३. जो व्यक्तिसँग मानवताको कुनै चिन्ता छैन । र जसको स्वभावमा कुनै दया छैन उ उदारताको लायक हुन सक्दैन ।
५. धार्मिक संस्थाको प्रमुख बताउने व्यक्तिको यस्तो आपराधिक कृत्य देशको पवित्र आध्यात्मीक, सामाजिक, सांस्कृतिक र धार्मिक संस्थानको छवि धेरै पहिलेदेखि नै बर्बाद गर्दै आइरहेका छन् ।
६. दोषीको कामले यो प्राचित भूमिको विरासतमा अपुरर्णिय क्षेती भएको छ ।
७. यो मामिलाको तथ्य र आधारहरुलाई ध्यानमा राख्दै अदालतलाई लाग्छ की दोषी राम रहिमले आफ्नो महिला अनुयायीमाथि यौन शोषण गर्ने र उनीहरुलाई उल्टै धम्की दिएको कुरालाई मध्यनजर गर्दै यस्तो व्यक्ति अदालतको उदारताको काविल रहनसक्दैन । बीबीसी ।


