विपतका बेला काम लाग्छ भन्दै नेपाली वैज्ञानीकहरुले बनाएको रोबोट दिए सशस्त्र प्रहरीलाई !

काठमाण्डौ, भाद्र १४ । नेपाली युवा वैज्ञानीकहरुले तयार पारेको सर्भेलेन्स रोबोट सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेका छन् । मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा युवाहरुले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई उक्त रोबोट हस्तान्तरण गरेका हुन् ।

आफ्नै खर्चमा निमार्ण गरेको रोबोट विपतका बेला सशस्त्र प्रहरीलाई काम लाग्छ भनी दिएको निर्माण टोलिका सदस्य विमलकुमार बोहोराले वताए । ‘विपतका बेला सशस्त्र प्रहरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले हामीहरुले तयार गरेको रोबोट हस्तान्त्रण गरेका हौं,’ उनले भने, ‘अब नेपाली सेना र सशस्त्र प्रहरी बलले महंगोमा विदेशबाट रोबोट किनेर ल्याउनु पर्दैन होला । नेपाली युवाहरुले नै नेपालमै अत्याधुनिक प्रविधिसहितको रोबोट निर्माण गर्नसक्छौं । तर यसमा सबै सरोकारवाला निकायको सहयोग र हौसला आवश्यक रहेको छ ।’

रोबोट निर्माण टोलिमा विमलकुमार बोहोरा, यज्ञप्रसाद देवकोटा र गणेश विक्रम सिंह आले मगर रहेका छन् । कान्तिपुरमा खबर छ- २ सय मिटर दुरीसम्म वायरलेस अपरेट गर्न सकिने यो रोबोटले विपतस्थल, घटनास्थल र शंकास्पद वस्तुका स्थितिका बारेमा जानकारी लिन मद्दत पुग्ने छ ।

सशस्त्र प्रहरीलाई आवश्यक पर्ने रोबोट उपलब्ध गराएकोमा जिविएस टिमका सबै सदस्यहरुलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक सिंहबहादुर श्रेष्ठले धन्यवादसहित मायाको चिनो दिंदै सम्मान समेत गरेका थिए । ‘आगामी दिनमा सशस्त्र प्रहरीलाई आवश्क पर्ने रोबोटहरुका विषयमा र विपत व्यवस्थापनमा सहकार्य गर्ने छौं,’ उनले भने, ‘सशस्त्र प्रहरीलाई विपत व्यवस्थापनमा सक्रिय र शंकास्पद वस्तुबाट चनाखो बनाउन यो रोबोटले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

नेपाली सेना संग पनि आवद्ध भइ काम गरिरहेको वैज्ञानिकहरुले बम डिस्पोजल रोवोट एक थान नेपाली सेनालाइ हस्तान्तरण गरिसकेका छन् । भने एउटा रोबोट हस्तान्तरणको अन्तिम चरणमा रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।