सत्ताको निम्ति बाह्यशक्तिसँग लभ गर्ने प्रचण्डको लीला अपरम्पार : डा. बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनावका बेला मात्र मधेशको पक्षमा बोलेको अरु बेला कमिसनका निम्ति कमिसनमै लिप्त रहेको, सत्ताका निम्ति भारतसँग लम्पसार परेको आरोप लगाएका छन् । डा. भट्टराईले दाहाललाई चुनावका बेला मधेशसँग लभ गर्ने अरु बेला कमिसनमा लिप्त हुने भन्दै कलियुगका कृष्णको संज्ञा दिएका छन् ।

माओवादी अध्यक्ष दाहालले बिहीबार रौतहटको चुनाव प्रचारमा मधेशप्रति देखाएको मायालाई डा.भट्टराईले चुनावको बेलाको नौटंकीको संज्ञा दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा डा. भट्टराईले लेखेका छन्–चुनावको बेला मधेशसँग लभ । सत्ताको निम्ति बाह्य शक्तिकेन्द्रसँग लभ । कमिसनका निम्ति एनसेल–गेजुवा–चुडामणिसँग लभ ।
कलियुगका कृष्णको लीला अपरम्पार छ ।’ अध्यक्ष दाहालले रौतहटको चुनाव प्रचारलाई सम्बोधन गरेको ई–कान्तिपुरको समाचारमा टिप्पणी गर्दै डा. भट्टराईले उनीमाथि कमिसनमा लिप्त भएको आरोप लगाएका हुन् ।


