यी हुन अमेरिकन नागरिक ‘मालिया डर्वोवानो’ जो नेपाललाई विश्वमा चिनाउन कम्मर कसेर लागेकीछिन…
अमेरिकाको कोलोरोडोमा बस्ने अमेरिकन नागरिक मालिया डर्वोवानो आफ्नो दोस्रो नेपाल भ्रमणसँगै विश्ब साईकल यात्री डा.अमृत बरालसँगै नेपाल र सुन्दर नगरी पोखरालाई संसारभर चिनाउने अभियानमा जुटेकीछिन।

सन २०१५,सेप्टेम्बर २० बाट एक बर्ष चार महिना लगाएर बाताबरण संरक्षणको नारा दिएर १६ राष्ट्र घुम्ने क्रममा यि अमेरिकन महिलासँग अमेरीकाको कोलोरोडो राज्यमा रहेको हिमालयन किचेनमा भेट भएको डा.बरालले सेतोपाटीसँग बताए।
नेपालको प्राकृतिक सौन्दर्यता एवम जब मैले बातावरण संरक्षण सम्बन्धी कुराहरू उठाए उनि त अर्कों हप्ता आफुसँगै पोखरा पुगेको बताएका थिए।
अहिले मालिया पोखराबाट पहिलो पटक पर्यटकका लागी अंग्रेजी म्यागेजीन ‘डिस्कभर नेपाल’ नामक म्यागेजिनमा सम्पादनको काम गरिरहेकि छिन। यस म्यागेजिनले नेपाल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागीनेपालमा हुने विभिन्न गतिविधी समेटेको बताउँछिन उनि।
नेपाल घुम्न आउने पर्यटकका लागी लक्षित गर्दै सुरु गरिएको म्यागजिनले नेपालमा हुने चाड पर्व, मेला उत्सव र विभिन्न समयमा मनाइने परम्परातथा पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिइरहेको म्यागेजिनका प्रकाशक डा अमृत बरालले जानकारी दिएका छन।
अनलाईन र छापाबाट निःशुल्क रूपमा बितरण गरिएको यो पत्रिकालाई धेरै भन्दा धेरै पर्यटकहरूले पढेर राम्रो प्रतिकृया दिएको अमेरिकन सम्पादक मालियाले बताउदै भनिन ‘यो सुन्दर देशलाइ विश्वभर चिनाउने अभियान पनि हो।’
– सेतोपाट्टीबाट


