मेयरको टिकट पाएपछि डा. कृष्ण पौडेल घरदैलोमा व्यस्त, आफ्नो पक्षमा मतदान गर्न आग्रह
भदौ १९ । सोमबार जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित नगौलमा नेकपा एमालेले आज उम्मेद्दवार सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

डा. कृष्ण पौडेललाई उम्मेदवार बनाएपछि चुनावी अभियानलाई तिब्र पारेको एमालेले नगरभित्रका विभिन्न स्थानमा घरदैलो गरिरहेको हो ।
पौडेलले नगौलका स्थानियलाई भेटगर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । घरदैलो कार्यक्रममा उपमेयर उम्मेदवार सरस्वती चौधरी, एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी, वडा अध्यक्षका उम्मेदवार कयामुद्धिन अंसारी, महिला सदस्य बुद्धकुमारी अधिकारी, दलित महिला सदस्य बबितादेवी, सदस्य खुबलाल महतो, बिन्देश्वर सिंहसहित एमाले नेताकार्यकर्ताको सहभागीता रहेको थियो ।
यसैगरी ईनर्वासिरामा मेयर उम्मेदवार डा. पौडेलले एमाले कार्यकर्तासंग भेटघाट र चुनावी रणनितिका बिषयमा छलफल गर्नुभएको छ । छलफलमा एमाले नेतृत्व बिजयी बनाउन स्थानिय उत्साहित लाग्ने प्रतिबद्धता जनाएको त्रिलोक ठकुरीले जानकारी दिनुभयो ।


