दरमार्ग र ठमेलका डिएसपीको मनपरी, एसएसपी रविन्द्र धानुकले लिए यस्तो एक्सन…

काठमाण्डौ, २० भदौ । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रमूख एसएसपी रविन्द्र धानुकले आफू मातहत प्रहरी यूनिटका ईन्चार्जको सातो लिएका छन् । गैर कानुनी क्रियाकलाप गरे, लेनदेनका मुद्दा हेरे, सेवा ग्राहीलाई अनावश्यक दुःख दिएमा र कतैबाट आर्थीक लाभ लिएमा कडा कारवाहीको भागिदार हुनुपर्ने भन्दै सातो लिएका हुन् ।

परिसरको कमाण्ड सम्हाले लगत्तै मातहतलाई ब्रिफिङ गर्दै उनले बृत्तका डिएसपीलाई सुझाएका हुन् । आक्रमक शैलीमा प्रस्तुत भएका एसएसपी धानुकले बृत्तका डिएसपीलाई जो सुकैको पावरमा आएको भएपनि गल्ती गरे कारवाहीबाट जोगिने ठाँउ नभएको चेतावनी समेत दिई सकेका छन् ।

तत्कालिन समयमा एसपी रमेश खरेलको पालामा बन्द भएको लाईन खाने काठमाण्डु प्रहरीको प्रचलन बिस्तारै शुरू भएको छ । रात्रीकालिन व्यावसाय देखि होटल र क्यासिनोबाट तत्कालिन समयमा बृत्त र प्रभागका ईञ्र्चाजले मासिक खाँदै आएका थिए । त्यो प्रचलन रमेश खरेलको आगमनसँगै बन्द भएको थियो । तर यहिले तीन बर्ष यता फेरि सुरू भएको चर्चा प्रहरी भित्रै छ । एसएसपी धानुकले कसैले कुनै व्यापारीसँग लाईन मिलाएर आर्थिक लाभ लिने जमाना गएको बताए । आफू मातहत कुनै प्रहरीले यस्तो हर्कत गरेको पाईएका कठा कारवाही गर्ने बताए ।

काठमाण्डु अवसर भन्दा चुनौती बढी भएको क्षेत्रका रूपमा चिनिन्छ । राष्ट्र देखि अन्तराष्ट्रिय आपराधिक गिरोहको सञ्जाल समेत काठमाण्डुमा जोडिएको छ । त्यसलाई चिर्न सक्नु नै काठमाण्डु प्रहरीको सफलता मानिन्छ । प्रहरी ईन्चार्जको सरूवासँगै आफू अनुकुल नियम बनाउँने परिपाटीले व्यापारीसमेत मारमा पर्दै आएका छन् । प्रायः रात्रीकालिन व्यसायीमा आश्रितहरूको लागि प्रहरी ईञ्चार्जको सरूवाले पिरोल्ने गर्ने गरेको व्यापारीहरू बताउँछन् ।

रात्रीकालिन व्यापार रहेको राजधानीको मुटु ठमेल र दरबारमार्ग क्षेत्रमा प्रहरीका दुई बृत्त छन् । जसको कमाण्ड भिन्नाभिन्नै डिएसपीले सम्हाल्दै आएका छन् । ठमेलको केही भाग दरबारमार्ग बृत्तको क्षेत्रमा पर्छ । तर एउटै ठमेलमा दुई वटा नियम कानुन छ । दरबारमार्ग बृत्तका डिएसपी तिलक भारतीले आफ्नो क्षेत्रमा डान्सबारलाई १२ बजे र डिस्कोलाई दुई बजेसम्म खुल्न दिएका छन् । उता लैनचौर बृत्तका डिएसपी दिपक पोखरेलले पहिलाकै नियमलाई यथावत राख्दै डिस्को थेकलाई ४ र डान्सबारहरू दुई बजेसम्म नै सञ्चालन गर्न दिएका छन् ।

एउटै ठमेलमा कुनै बार १२ बजे नै बन्द गर्नु पर्ने कुनै दुई बजेसम्म खुल्ला रहने परिपाटीका कारण १२ बजे बन्द गर्नु पर्ने व्यापारीहरू मारमा परेको बताउँछन् । रेष्टुरेन्टको स्थलगत निरीक्षण पश्चात मात्र समय बढाउने डिएसपी भारतीले उनका क्षेत्रका व्यापरीलाई जानकारी गराएको एक व्यापरीले बताए । तर दरबारमार्ग क्षेत्रमा रहेका केही डिस्को भने बिहान चार बजेसम्म सञ्चालन हुँदै आएका छन् । – जनप्रहार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖